१८ आश्विन २०८१, शुक्रबार

 

 

बराहक्षेत्र नगर बासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनी, स्वदेश तथा विदेशबाट यो वेब साइड भिजिट गर्नु हुने सम्पूर्ण स्वदेशी तथा विदेशी शुभ चिन्तक महानुभावहरुमा वराहक्षेत्र नगरपालिकाको तर्फबाट हार्दिक नमन ।

बराहक्षेत्र नगरपालिकासंग भएका श्रोत र साधनको अधिकतम उपयोग गरि यहाका सर्बसाधारण जनतालाई संघ र प्रदेश सरकारद्वारा नियमित रुपमा उपलब्ध गराईएका स्वास्थ्य सेवा भन्दा थप प्रवर्धनात्मक, प्रतिकारात्मका, उपचारात्मक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवा सुबिधा उपलब्ध गराउन यस नगरपालिकाको सदरमुकाम चक्रघट्टीमा बराहक्षेत्र नगरकार्यपालिका (स्थानीय सरकार) ले मिति २०७६ जेष्ठ १३ गते ‘बराहक्षेत्र नगर अस्पताल ब्यबस्थापन समिति गठन आदेश: २०७६’ गठन गरी सोहि गठन आदेश अनुसार ब्यबस्थापन समिति गठन भई मिति २०७६ असाढ २६ गतेका दिन म्यानेजिङ डाईरेक्टरको नियुक्ति भई मिति २०७६ श्रावण १३ गते सोमबारका दिन देखि बिधिबत रुपमा बराहक्षेत्र नगर अस्पतालको उद्घाटन भई सेवा प्रारम्भ भएको हो ।

हाल यस अस्पतालद्वारा हरेक दिन (शनिबार र सार्बजनिक बिदाका दिन समेत) बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म निशुल्क ओ.पी.डी. सेवा, २४ सै घण्टा ईमेर्जेन्सी सेवा, ल्याब, फार्मेसी, X-Ray, बुधबार र शुक्रबारका दिन बिहान ९:०० बजे देखि दिउसो ३:०० बजे सम्म भिडियो एक्सरे सेवा लगाएतका सेवाहरु संचालन भईरहेका छन् ।

यस अस्पतालका लागि बिशेष: सहयोग गर्नुहुने सम्पूर्ण अस्पतालका व्यवस्थापन समिति, सल्लाहकार समिति, कर्मचारीहरु, महिलास्वमसेविका, स्वास्थ्य बिमा दर्ता सहयोगी, स्थानीय, समाजसेबी, बुद्धिजिबी, सम्पूर्ण राजनीतिक दलका मित्रहरु, पत्रकार महानुभावहरु सबैमा हार्दिक आभार प्रकट गर्न चहान्छु । यस अस्पताललाई आवश्यक पर्ने सबै किसिमका सहयोगका लागि बराहक्षेत्र नगरपालिका सदैब तत्पार रहने प्रतिबद्धता व्यक्त गर्दै यस अस्पतालको थप प्रगतिको कामना गर्न चहान्छु ।

धन्यवाद ।

रमेश कार्की

अध्यक्ष एबम नगर प्रमुख

Contact

बराहक्षेत्र नगर अस्पताल
बराहक्षेत्र न पा:६, सुनसरी, १ नं प्रदेश, नेपाल
फोन नं: ०२५-५५१२७५
Email: bknagarhospital@gmail.com
Website: https://www.bknh.gov.np

Map