०७ माघ २०८१, सोमबार

सम्पूर्ण महानुभाबहरुमा नमस्कार,
बराहक्षेत्र नगरपालिकासंग भएका श्रोत र साधनको अधिकतम उपयोग गरि यहाका सर्बसाधारण जनतालाई संघ र प्रदेश सरकारद्वारा नियमित रुपमा उपलब्ध गराईएका स्वास्थ्य सेवा भन्दा थप प्रवर्धनात्मक,  प्रतिकारात्मका, उपचारात्मक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवा सुबिधा उपलब्ध गराउन यस नगरपालिकाको सदरमुकाम चक्रघट्टीमा बराहक्षेत्र नगरकार्यपालिका (स्थानीय सरकार) ले मिति २०७६ जेष्ठ १३ गते ‘बराहक्षेत्र नगर अस्पताल ब्यबस्थापन समिति गठन आदेश २०७६’ गठन गरी सोहि गठन आदेश अनुसार ब्यबस्थापन समिति गठन भई मिति २०७६ असाढ २६ गतेका दिन म्यानेजिङ डाईरेक्टरको नियुक्ति भई मिति २०७६ श्रावण १३ गते सोमबारका दिन नगर प्रमुख  एबं अस्पताल अध्यक्ष श्री निलम खनाल ज्यूबाट बिधिबत रुपमा बराहक्षेत्र नगर अस्पतालको उद्घाटन भई सेवा प्रारम्भ भएको हो ।
मिति २०७६ असोज ०७ गतेका दिन संघीय उधोग बाणिज्य तथा आपूर्ति मन्त्रि माननीय श्री मातृका प्रसाद यादव ज्यूद्वारा “२४ घण्टा ईमेर्जेन्सी र ३६५ दिनै निशुल्क ओ पी डी सेवा” बिधिबत उद्घाटन भएको हो । मिति २०७६ असोज २९ गते स्वास्थ्य बिमा बोर्डसंग सम्झौता भई मिति २०७६ मङ्सिर ०१ गते देखि स्वास्थ्य बिमा कार्यक्रम लागु भई सो अन्तर्गतका सेवाहरु उपलब्ध हुन सुरु गरेका छन् ।
हाल मिति २०७९ श्रावण १ गते यस अस्पतालद्वारा हरेक दिन (शनिबार र सार्बजनिक बिदाका दिन समेत) देखि नगर प्रमुख एबं अस्पताल अध्यक्ष श्री रमेश कार्की ज्यूको अध्यक्षतामा बसेको अस्पताल ब्यबस्थापन समिति वैठकबाट बिहान ७:०० देखि बेलुका ७:०० सम्म निशुल्क ओ.पी.डी. सेवा, २४ सै घण्टा ईमेर्जेन्सी सेवा, ल्याब, फार्मेसी,  digital X-Ray, सोमबार र बिहिबारका दिन बिहान ७:०० बजे देखि ११:०० बजे सम्म भिडियो एक्सरे सेवा लगाएतका सेवाहरु संचालन भईरहेका छन् ।
धन्यबाद ।

Contact

बराहक्षेत्र नगर अस्पताल
बराहक्षेत्र न पा:६, सुनसरी, १ नं प्रदेश, नेपाल
फोन नं: ०२५-५५१२७५
Email: bknagarhospital@gmail.com
Website: https://www.bknh.gov.np

Map